स्ववियु निर्वाचन सम्पन्न: ३८ आंगिक र ३०० सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै मतदान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत देशैभरिका क्याम्पसमा आज तोकिएको स्व्तन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको । स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार देशभरका ३८ वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान भएको हो।
६२ वटा आंगिकमध्ये २४ वटा क्याम्पसमा चुनाव नै भएन। जसमध्ये त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, शंकरदेव क्याम्पस, पब्लिक युथ क्याम्पसलगायत छन्।
ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको अवरोधका कारण चुनाव हुन नसकेको हो। मंगलबार चुनाव हुन नसकेका क्याम्पसमा पालैपालो चुनाव गराउने त्रिविले तयारी गरेको छ।
पृथ्वी नारायण क्याम्पस पोखरामा बुधबार चुनाव हुँदैछ। केन्द्रीय क्याम्पस त्रिविमा ८ गते र सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा ९ गतेलाई मतदान तोकिएको छ। अन्य आंगिक क्याम्पसहरुमा पनि पालैपालो चुनाव गर्दै जाने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिएका छन्।
आज बिहान ८ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चलेको थियो । त्यस्तै निर्वाचनको नतिज आजबाटै आउन सुरु गरेको छ ।
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











