ताजा समाचार

स्ववियु निर्वाचन सम्पन्न: ३८ आंगिक र ३०० सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत देशैभरिका क्याम्पसमा आज तोकिएको स्व्तन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको । स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार देशभरका ३८ वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान भएको हो।

६२ वटा आंगिकमध्ये २४ वटा क्याम्पसमा चुनाव नै भएन। जसमध्ये त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, शंकरदेव क्याम्पस, पब्लिक युथ क्याम्पसलगायत छन्।

ठूला क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको अवरोधका कारण चुनाव हुन नसकेको हो। मंगलबार चुनाव हुन नसकेका क्याम्पसमा पालैपालो चुनाव गराउने त्रिविले तयारी गरेको छ।

पृथ्वी नारायण क्याम्पस पोखरामा बुधबार चुनाव हुँदैछ। केन्द्रीय क्याम्पस त्रिविमा ८ गते र सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा ९ गतेलाई मतदान तोकिएको छ। अन्य आंगिक क्याम्पसहरुमा पनि पालैपालो चुनाव गर्दै जाने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिएका छन्।

आज बिहान ८ बजेबाट सुरु भएको निर्वाचन बेलुका ५ बजेसम्म चलेको थियो । त्यस्तै निर्वाचनको नतिज आजबाटै आउन सुरु गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org