नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज बेलुका सवा ६ बजे शुरू हुनेछ । नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । नेपाली टोली किरण चेम्जोङको कप्तानीमा छ । नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो ।
यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो । नेपाल र सिंगापुरले अहिलेसम्म चार पटक खेल्दा तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेल बराबरी भएको थियो । सिंगापुरसँगको खेलमा नेपालले अहिलेसम्म गोल फर्काउन सकेको छैन । फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथि छ । सिंगापुर १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।
एएफसी एशियन कप छनोटअन्तर्गत मलेसियासँग समूह चरणको पहिलो खेल खेल्नुअघि नेपालले तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ देखि शुरू हुँदैछ ।
एशियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एशियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् । होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एशियन कपमा छनोट हुनेछन् । एशियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।
Comments
अरु समाचार
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...
-
अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले गत...
-
संघीय संसदका दुई समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ ।संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज...
-
आईपीएलको उद्घाटनमा आज कोलकाता र रोयल च्यालेन्जर्स भिड्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि शुरू हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा आज हुने उद्घाटन...
-
धेरै ठाउँमा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने
काठमाण्डौ । देशका धेरै ठाउँमा हल्का वर्षा भएको छ । गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा...
-
आजको राशिफल: २०८१ चैत ९ गते शनिवार
मेष: सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। काम...