सरकारले राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने
काठमाडौं । सरकारले पहिलोपटक राष्ट्रिय पानी सम्मेलन गर्ने भएको छ । आगामी चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए ।
जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा उनले जोड दिए । सबैको सहकार्यविना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरुको सामना गर्न नसकिने उनले बताए ।
पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्वका बारेमा सम्बन्धित विज्ञहरुसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...