दक्षिण कोरियामा डढेलोका कारण चार जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलोका कारण चार जनाको मृत्यु भएको छ । त्यस्तै उक्त आगालागीमा परेर ६ जना घाइते भएका छन् ।
न्युयोर्क टाइम्सले गृह मन्त्रालयलाई उदृत गर्दै २९ क्षेत्रका झन्डै २ हजार हेक्टरमा डढेलो सल्किएको जनाएको छ । बीबीसीले डढेलो नियन्त्रणमा खटिएका दुई अग्नि नियन्त्रकको पनि मृत्यु भएको उल्लेख गरेको छ ।
डढेलो नियन्त्रण गर्न दर्जनौं हेलिकोप्टर परिचालन गरिएको छ भने कम्तीमा एक हजार स्थानीयलाई स्थानान्तरण गरिएको छ । राजधानी सिओलबाट करिब १६० माइल दक्षिणपूर्वमा पर्ने सान्चेओङ काउन्टीमा डढेलो फैलिएको हो । शनिबार साँझ सरकारले उक्त क्षेत्रमा विपद् घोषणा गरेको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार आइतबार बिहानसम्म सान्चेओङमा लागेको डढेलो करिब ३० प्रतिशत नियन्त्रणमा ल्याइएको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार सुक्खा र हावाहुरीयुक्त मौसमका कारण आगो छिट्टै फैलिएको छ ।
सान्चेओङमा आगलागीका कारण आठ गाउँका २०० भन्दा बढी बासिन्दालाई आफ्ना घर छोड्न आदेश दिइएको छ । त्यस्तै आगलागी फैलिएको उईसोङ काउन्टीमा भने ४०० भन्दा धेरै स्थानिय विस्थापित भएका छन् ।
Comments
अरु समाचार
-
ट्रम्पको प्रस्ताव पुटिनद्धारा अस्विकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी...
-
रुसले तीनदिन युक्रेनमा आक्रमण नगर्ने
काठमाडौं । लामो समयबाट युद्धरत देश रुसका राष्ट्रपति भ्लादमिर पुटिनले तीनदिने युद्धविराम घोषणा गरेका छन्। पुटिनले मे ८ बाट १०...
-
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको...
-
स्पेन र पोर्चुगलमा आपतकाल, दुवै देशमा छैन् विद्युत्
काठमाडौं । यूरोपेली मूलुकहरु स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा...
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो...
-
इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...