ताजा समाचार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति भेट्न अध्यक्ष दाहाल सोमबार (आज) अपराह्न शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ। भेटमा समसामयिक विषयमा कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ।

यसपछि दाहाल प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको बैठकमा सहभागी हुँदैछन्। बैठकमा सहभागी हुनुपूर्व उनी शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org