भोजपुर टक्सारस्थित विमानस्थलबाट उडान पुन सुचारु
काठमाडौं । तीन महिना बन्द भएको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए ।
उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ। वि.सं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ ।
पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।
Comments
अरु समाचार
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ। व्यास नगरपालिका–२ को बागबजार,...
-
सेयर बजार परिसूचकमा २६.४९ अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले वृद्धि भएको छ । यस वृद्धि पछि नेप्से परिसूचक २७२२...
-
सुनको मूल्य बढेको बढ्यै..
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ। विगत केही देनदेखि निरन्तर नयाँ रेकर्ड बनाउँदै...
-
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल...
-
‘शिक्षक आन्दोलनले यातायात मजदुरको रोजीरोटी गुम्दै’
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय व्यवसायी महासंघले शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण यातायात मजदुरको रोजीरोटी ठप्प भएको जनाएको छ ।...
-
महाप्रसाद अधिकारीको हस्ताक्षर भएका पाँचका १० लाख थान नोट बजारमा
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै...
-
तीन वाणिज्य बैंकले किन घटाए ब्याजदर ?
काठमाडौं । नयाँ वर्ष २०८२ बैशाखका लागि तीन वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैशाखका लागि २० वाणिज्य बैंकहरुले प्रकाशित...
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...