प्रधानमन्त्रीलाई डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीलाई ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु भएको छ।
कार्यालयको डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ लेखिएपछि कार्यालय प्रमुखसहित कर्मचारी माथि छानबिन सुरु भएको हो । सोहि विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले प्रधानमन्त्रीविरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्द लेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उक्त घटना सोमबार मध्यान्ह १२ बजेतिरको भएको बुझिएको छ । हिजोको दिउँसो १२ बजेतिर ह्याक भएर पाँच मिनेटजति प्रधानमन्त्रीविरुद्ध अपशब्द लेखिएको थियो ।तर कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको दाबी गरेको छ ।
प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको घटनाबारे छानबिन हुनुपर्ने माग पनि कार्यालयले गरेको छ । साथै, कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठले आफूलाई फसाउन विद्युत कार्यालयभित्रकै कर्मचारीले नियोजित खेल खेलेको बताए । उनले गल्ती नहुँदा नहुँदै मलाई घानमा पारिएको छ।
डिस्प्ले बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि मंगलबार एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्र प्रमुखमाथि कुटपिट गरेको थियो । मंगलबार बिहान करिब १० बजे ३५–४० जनाको समूह कार्यालयमा प्रवेश गरी वितरण केन्द्रका प्रमुख श्रेष्ठलाई कार्यकक्षमै कुटपिट गरेको हो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











