ताजा समाचार

नेपालमा सामाजिक सञ्जाल दर्ता नगरि चलाएमा के हुन्छ ? नयाँ नियम यस्तो

काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुनका लागि एक महिनाको समय दिदै सूचना जारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेको पाएमा रोक लगाउने उदेश्यका साथ यस्तो सूचना जारि गरेको हो ।

सारकारले सूचीकरणसहित नेपालभित्र सम्पर्ककार्यलय, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन सूचीकरण हुनुपर्ने व्यवस्था ल्याइएपनि हालसम्म कानूनी व्यवस्थाअनुसार भाइबर, टिकटक र सारांश मिडिया ल्याव प्रालि (वीटक) मात्र दर्ता भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा (७) बमोजिम नेपालभित्र सञ्चालनमा रोक लगाउने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org