आयातका सबै कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले यो निर्णय २ अप्रिलबाट लागू हुने बताएका छन्। ट्रम्प यो निर्णयले अमेरिकामा कारको व्यवसाय फस्टाउने तथा रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्।
विश्लेषकले भने तत्काल यो निर्णय कार्यान्वयन हुँदा कार व्यवसायमा प्रतिकुल प्रभाव पार्नसक्ने बताएका छन्। उनीहरुले निकटस्थ देशसँगको सम्बन्धमा पनि यसले असर गर्न सक्ने बताएका छन्। अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो। साथै कारको बिक्री वितरणमा २४० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको थियो। मेक्सिकोबाट अमेरिकामा सबै भन्दा धेरै कार पुग्ने गरेका थिए भने त्यसपछि दक्षिण कोरिया, जापान, र जर्मनीबाट अमेरिकामा कार पुग्ने गरेका थिए। ट्रम्पले अहिले लिएको बाटो यथावतै रहने समेत उनले बताएका छन्।
राष्ट्रपति ट्रम्पले यो निर्णय गरे पनि कारको निर्माण समेत धेरै महँगो हुने विश्लेषकको मत छ। मेक्सिको र क्यानडाबाट आउने कारको सामान मात्र चार हजारदेखि १० हजार अमेरिकी डलर बराबरको मूल्य बढ्ने एन्डरसन इकोनोमिक ग्रुपले जनाएको छ। अमेरिकाको यो निर्णयले संसारका धेरै देशलाई असर गरेको बेलायतले गत वर्ष अमेरिकामा एक लाख १६ हजार १९४ जागउर ल्यान्ड रोभर कार अमेरिका भित्रिएको थियो।
बेलायत सरकारले यो निर्णय लागु हुनु भन्दा अघि नै वार्ताको टेबलमा बस्न सकिने प्रतिक्रिया दिएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने आफ्नो देशको कार उद्योगमा सिधै आक्रमण भएको प्रतिक्रिया दिएका छन्। युरोपेली कमिसनका प्रमुख उरुस्ला भान डियोर लेयनले कुनै प्रतिक्रिया जनाउन पूर्व छलफल गरिने बताएका छन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












