आज प्रतिनिधिसभा बैठक: चार मन्त्री र सांसदबिच प्रश्नोत्तर हुँदै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीमा राखिएको छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । विपक्षी दलहरूले कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध पार्ने तयारी गरेकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा आशङ्का कायमै छ ।
Comments
अरु समाचार
-
कांग्रेस क्रियाशील सदस्यहरुले जिल्लाबाटै अनलाइनमार्फत सूचीकरण गनुपर्ने
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता...
-
गगनविरुद्ध अदालतको अवहेलना मुद्दा सपना र नित्यानन्दको बेञ्चमा, पेशी पहिलो नम्बरमै
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी चढेको छ...
-
लक्ष्मी सर सामुदायिक विद्यालय डुबाउने खेलमा !
काठमाडाैं । काठमाडाैंमा जारी शिक्षक आन्दोलन सहमतिभन्दा पनि बखेडातर्फ उन्मुख हुन थालेको प्रष्ट संकेतहरु देखिन थालेका छन् । नेपाल शिक्षक...
-
राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै...
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...