ताजा समाचार

न्याय माग्दै कुलमान घिसिङ सर्वोच्च पुगे

काठमाडौं । आफूलाई गैरकानुनी रुपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

घिसिङले बुधबार दिउँसो सर्वोच्च पुगेर सरकारको निर्णय बदर गरी आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग सहित रिट निवेदन पेश गरेका हुन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जामन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org