ताजा समाचार

कुलमान घिसिङको रिटमा आज सुनुवाइ

काठमाडौं । कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (शुक्रबार) सुनुवाइ हुँदैछ ।

रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । घिसिङले बुधबार नै पेस गरेको रिट बिहीबार दर्ता भएको थियो । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जा मन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

कुलमानले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन । सरकारको सो निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेशको माग उनको छ ।

ऊर्जा मन्त्री दिपक खड्काले आफूमाथि काल्पनिक आक्षेप लगाउँदै स्पष्टीकरण सोधेको भन्दै त्यसलाई पूर्वाग्रही काम भनेका छन् । आफू चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको भन्दै उनले विना आधार त्यसभन्दा अघि पदमुक्त गर्न नमिल्ने जिकिर गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो। घिसिङको चार वर्षको कार्यकालमा चार महिना समय मात्रै बाँकी थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org