ताजा समाचार

सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेताहरू

काठमाडौं । तीनकुनेमा राजावादीहरूको प्रदर्शन तनावग्रस्त बनेपछि नेताहरू कार्यक्रमस्थल छाडेर बाहिरिएका छन् ।

प्रर्दशनकारीहरु निषेधित क्षेत्र तोडेर बानेश्वर क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानिको फोहोरा प्रहार गरेपछि तीनकुनेको अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो ।

सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएपछि निस्किएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org