नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च
काठमाण्डाै । नेपालमा सामाजिक सुरक्षाका कार्यक्रमको दायित्व वृद्धिदर उच्च बनेको छ । विश्व बैंकको सामाजिक संरक्षण प्रतिवेदन अनुसार आर्थिक वर्षा २०५९/६० मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १ प्रतिशतको हाराहारीमा रहेको नेपालको सामाजिक सुरक्षा र संरक्षणको खर्च आर्थिक वर्ष २०६९/७० मा साढे २ प्रतिशत पुगेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको झन्डै १३ प्रतिशत अर्थात् १ खर्ब ४७ अर्ब ४६ करोड बजेट सामाजिक सुरक्षा कार्यक्रमका लागि छुट्याइएकोमा चालू आर्थिक वर्षमा २ खर्ब ५८ अर्ब रुपैयाँ विनियोजन भएको छ । आउँदो आर्थिक वर्ष सामाजिक सुरक्षा कार्यक्रमका लागि पौने ३ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थ मन्त्रालयको अनुमान छ । यसरी प्रत्येक वर्ष बढिरहेको सामाजिक सुरक्षामा राज्यको लगानी अब भने धान्न मुश्किल पर्ने देखिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारी लाभग्राही बढ्दा दायित्व चुलिँदै गएको बताउनुहुन्छ । अहिले सङ्घीय सरकारबाट छात्रवृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक वितरण, ज्येष्ठ नागरिक भत्ता, अपाङ्गता भएकालाई सहायतालगायत ८० भन्दा धेरै सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालित छन् । प्रदेश र पालिका सरकारले पनि यस्ता कार्यक्रम थप्न थालेका छन् । अहिले ३७ लाख जनाभन्दा धेरै नेपालीले राज्यले दिने सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।
अर्थविद् केशव आचार्य प्रत्येक वर्ष बढेर गएको सामाजिक सुरक्षाको दायित्वबारे सरकारले सोच्नुपर्ने बेला आएको बताउनुहुन्छ । उहाँका अनुसार सामाजिक सुरक्षा कार्यक्रम कतिपय पाउनुपर्नेले पाएका छैनन् भने कतिपय नपाउनुपर्नेले पनि पाइरहेका छन् ।
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











