कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरुलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाउदै संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरुलाई अनुरोध गरेको एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरुप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उनले बताए । एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई ‘युथ समिट’का रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिए । यस्तै बैठकले राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भ्रत्सना गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकषर्ण गराइएको विज्ञप्तिमा उल्लेख छ । एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुका परिवारजनमा समवेदना तथा घाइतेको शीर्घ स्वास्थ्यलाभको कामना गरेको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डमा भेटवार्ता हुने
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी...
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता
काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको...
-
प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो नम्बरमा
काठमाण्डौ । प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज विश्वको दोस्रो नम्बरमा छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डौका विभिन्न...
-
अमेरिकामा नयाँ करको नियम तत्काल कार्यान्वयन गरिँदै
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार...
-
नयाँ करको नियम कार्यान्वयन गर्दै ट्रम्प, लाखौंले रोजगारी गुमाउने
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार...
-
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन
काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले...
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता...
-
आजको राशिफल: २०८१ चैत २० गते बुधवार
मेष: नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा...
-
भन्सार छलेर दुबईबाट ल्यापट भित्र्याउने ७ जना पक्राउ
काठमाडौंं । दुबईबाट फर्किने यात्रुलाई ल्यापटप ओसार्न लगाएर भन्सारछली गरेको अरोपमा न्युरोडका एक व्यापारीसहित ७ जना पक्राउ परेका छन्। न्युरोडको...