प्रतिनिधिसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।
प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् । यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
Comments
अरु समाचार
-
चर्चित ५२ भाइको मुद्दा: रमनको जिकिरमाथि रमेशको दर्बिलो प्रहार
काठमाडाैं । चर्चित संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा निवेदकका कानून व्यवसायीहरूले उठाएका तर्कमाथि महान्यायाधिवक्ता रमेश बडालले दर्बिलो प्रहार गरेका छन्...
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...