दंगा भड्काउने एक वर्षदेखिको प्रयासमा पूर्वराजा मिसिए : प्रधानमन्त्री
चैत्र १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना भएको बताएका छन् ।
सोमबार (चैत १८) प्रधिनिधिसभा बैठकमा उनले पूर्वराजाले आफ्नो महत्त्वाकांक्षाका निम्ति समाज भड्काउने, बैंकको ऋण तिर्दिनँ भन्ने व्यक्तिको साथ लिएको आरोप लगाए । तीनकुने घटना त्यसकै प्रतिफल भएको उनको भनाइ थियो ।
“कथित आयोजकले प्रहरीमाथि गाडी गुडाउने प्रयास गर्दै निषेधित क्षेत्र तोडे । अन्तर्राष्ट्रिय विमानस्थल र आयल निगमको डिपोमा आगजनी गर्ने आतंकवादी गतिविधि भए,” प्रधानमन्त्री ओलीले भने, “व्यक्तिको घरमा आगो लगाउने, सपिङ मलमा छिरेर लुटपाट मच्चाउने, जडीबुटी कम्पनीमा आगजनी गर्ने गतिविधि राजनीतिक हुन सक्दैनन् ।”
घटनाबारे उपयुक्त समयमा गृहमन्त्रीले सदनमा विस्तृत जानकारी गराउने उनले बताए । उनले विस्तृत प्रतिवेदन केही समयमा तयार हुने जानकारी दिए ।
हालको घटनाका निम्ति एक वर्षअघिदेखिको विश्लेषण आवश्यक रहेको उनले बताए । “एक वर्षअघिदेखिको विश्लेषण आवश्यक छ । धर्म–संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा उत्तेजना फैलाएर जनआस्था भड्काउने प्रयास गर्दै थियो,” प्रधानमन्त्री ओलीले भने, “पूर्वराजाले त्यही अवाञ्छित व्यक्तिलाई घरमा बोलाएर कथित कमान्डर तोक्ने काम भयो ।”
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












