काठमाडौं विश्वकै प्रदूषित अवस्थामा, तत्काल पानी नपर्ने
काठमाण्डौ । आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको छ । काठमाण्डौको वायु प्रदूषणको अवस्था बिहान ७ बजे २४८ एक्यूआई पुगेको छ । एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
सडकको धुलो, धुवाँ र आगलागी प्रदुषणको मुख्य कारण भएको जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । पानी नपरेसम्म प्रदूषण नघट्ने उहाँको भनाइ छ । तर अबको ३–४ दिनसम्म पानी पर्ने प्रणाली नदेखिएको मौसमविदले बताएका छन् ।
यसैबीच आज कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा मौसम औशिक बद्लीको सम्भावना छ । कोशी र गण्डकीको हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा पनि मौसम आंशिक बदली हुनेछ ।
मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशको धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने छ । आज राति सबै प्रदेशको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।
Comments
अरु समाचार
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: बाेलीकाे लय नमिल्दा सहयाेगीहरूले केही गुनासाे गर्न सक्छन्। तापनि शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले संकल्प पूरा गर्न...
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...