ताजा समाचार

आज प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच भेटवार्ता

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता हुने भएको छ ।

स्रोतका अनुसार बिमस्टेकको सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मोदीलाई भेट्ने कार्यतालिका रहेको जनाईएको छ ।

यी सबै कार्यक्रमहरु बैंकस्थित होटेल साड्ग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन पुगेका हुन् ।

यसपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

आजको दुई प्रधानमन्त्रीको भेटमा विभिन्न समसामहिक बिषयहरुमा छलफल हुने बताइएको छ । पछिल्लो समय ओली र समकक्षी मोदीबीको बिग्रदो सम्बन्धको चर्चा चलिरहँदा आज हुने यस भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org