ताजा समाचार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं । थाइल्याण्डको औपचारीक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्कदै छन् ।

प्रधानमन्त्री ओलीसहितको टोलिलाई आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका हुन् । प्रधानमन्त्री ओली आज मध्याह्न १२ः३० बजे स्वदेश आइपुग्ने तालिका रहेको छ ।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org