कांग्रेस महामन्त्री शर्माको पूर्वराजालाई चुनौती, भने-८४ को चुनावबाट व्यवस्था परिवर्तन गर्नुस्
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।
महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईंलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाइ ल्याएर जनता आफूसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस्, तर त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन ।’संविधानसभाको पहिलो बैठकले विधिवत रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।
‘संविधानसभाको निर्णय बदल्ने उपाय भनेको विधिवत ढङ्गले संविधानको संशोधन हो । त्यसो गर्न चुनावमा दुई तिहाइ बहुमत ल्याउनैपर्छ’, महामन्त्री शर्माले भने, ‘हिजो राजाको पालामा जस्तो संविधान संशोधनको अधिकार कसैको हुकुम र हातमा नभएको हेक्का राख्न मेरो चेतावनी छ । सडकमा मान्छे उतार्दै आकाशतिर फर्केर मेरा जनता यति छन् र उति छन् भनेर अनुमान गरेको भरमा जनमत यकिन हुँदैन ।’उनले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभई कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राखे ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












