मौसमविद्ले भने- देशको पूर्वी भागबाट वर्षा शुरू हुँदैछ
काठमाडौं। भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने भएकाले भोलिदेखि देशको पूर्वी भागबाट वर्षा शुरू हुने मौसमविदले बताएका छन् । मौसमविद डेभिट ढकालका अनुसार भोलि पूर्वको केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । भोलिभन्दा पर्सि अलि धेरै वर्षा हुने अनुमान रहेको छ । पर्सिदेखि वर्षा गराउने प्रणाली सक्रिय भएर देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा पनि भोलि र पर्सि हल्कादेखि छिटपुट वर्षा हुने र आउँदो बिहीवार र शुक्रवार मध्यम वर्षा भएर प्रदूषण घट्न सक्ने मौसमविद् ढकालको भनाइ छ । अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा खण्डित वर्षासहित हिमपातको सम्भावना छ । यी चार प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीको वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेशसहित सबै प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली देखि मुख्यतया मौसम सफा रहने सम्भावना छ ।
यसैबीच काठमाण्डौको वायु प्रदूषण निकै अस्वस्थकर स्तरमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एयरका वायु गुणस्तर इन्डेक्स दुई सयभन्दा माथि पुगेर काठमाण्डौ विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ । वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् ।
यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरीरका अरु अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरु बताउँछन् । वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।
Comments
अरु समाचार
-
ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार विजयी
काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल निर्वाचित भएका छन् । विपक्षी नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले...
-
आजको राशिफलः २०८२ साल वैशाख ९ गते मंगलबार
मेष : आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुनेछ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।...
-
आफूलाई बाइपास गरेर अमेरिकासँग व्यापार नगर्न चीनको चेतावनी
बेइजिङ । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको...
-
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा...
-
रवि लामिछानेको रिट हेर्न नमिल्नेमा
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको...
-
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनको पेशी आज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटको पेशी...
-
कालीकोट ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । पलाँता-९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर...
-
जिपमा करेन्ट लाग्दा ४ जनाको ज्यान गयो, दुई घाइते
काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर...
-
धवलशमशेर हाजिर जमानीमा रिहा
काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा हुनुभएको छ ।...