‘ट्रम्पको कर नीतिले व्यापारिक युद्धको खतरा !’
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । उनले यसलाई ‘अमेरिकाका लागि सुन्दर’ कुरा समेत भनेका छन् । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क घोषणा गरिएको थियो ।
मेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरुसँगको वित्तीय घाटा पूर्तिका लागि शुल्क अपरिहार्य भएको तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र धेरै अन्य देशहरूसँग हाम्रो विशाल वित्तीय घाटा छ । यस समस्याको समाधान केवल ट्यारिफबाट नै सम्भव छ । यसबाट अमेरिकामा अर्बौं डलर आइरहेको छ ।’
उनी अगाडि लेख्छन्, ‘एक दिन मानिसहरूले बुझ्नेछन् कि अमेरिकाका लागि ट्यारिफ एकदमै सुन्दर कुरा हो ।’ट्रम्पले धेरै युरोपेली र एसियाली देशहरूसँग आफूले कुरा गरेको दाबी समेत गरेका छन् र उनका अनुसार अब सबै देशहरू अमेरिकासँग ‘डिल’ गर्न इच्छुक छन् ।
ट्रम्पले ट्यारिफमा जोड दिइरहेका बेला जानकारहरु भने अमेरिकाको यो निर्णयले संसारमा ट्रेड वार अर्थात् व्यापारिक युद्धको खतरा बढाएको टिप्पणी गर्दै आएका छन् । अमेरिकाको बदलास्वरुप चीनले पनि अमेरिकी सामान आयातमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरिसकेको छ ।
अमेरिकी ट्यारिफको असरले युरोप, एसिया र स्वयं अमेरिकाको शेयर बजार समेत नराम्रोसँग प्रभावित भएको छ । यसबीचमा विश्वका सबैभन्दा धनाड्य व्यक्तिहरुको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार एलन मस्कसहित विश्वका अर्बपतिहरुको सम्पत्तिमा गिरावट आएको छ । एक्सका मालिक एलन मस्कको सम्पत्ति १९.९ बिलियन डलर घटेको छ । मार्क जुकरबर्गको सम्पत्तिमा ९.४४, जेफ बेजोसको ७.५९ र बिल गेट्सको ६.४५ बिलियन डलर नोक्सान भएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











