काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का वर्षा हुनेछ: मौसमविद
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आजदेखि तीन/चार दिनसम्म हल्का पानी पर्ने मौसमविदले बताएका छन् । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी मौसमविद् शान्ति कँडेलले काठमाण्डौ उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने बताउनुभयो । छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने उहाँको भनाइ छ ।
यतिखेर भने काठमाण्डौमा हिजोअस्ति जत्तिकै प्रदूषण छ र विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअरका वायु गुणस्तर इन्डेक्सअनुसार अहिले काठमाण्डौको एक्यूआई २४६ छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई अस्वस्थ र दुई सयभन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।
महाशाखाका अनुसार कोशी प्रदेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै ठाउँ तथा देशका बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
Comments
अरु समाचार
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...