लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २२ घाइते
लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका-७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका-१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका-६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका-४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए। सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनको भनाइ छ।
Comments
अरु समाचार
-
आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका कानुनी सुधारका सुझावहरु………
काठमाडौं । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष आज प्रस्तुत गरेको प्रतिवेदनमा...
-
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थित गराएर म्याद थप्ने प्रहरीको तयारी
काठमाडौं । भारतबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो...
-
भाग्दीन भन्ने प्रसाईं आसाम प्रहरी समक्ष आत्मसमर्पण, आज काठमाडौं ल्याइने
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रर्दशनलाई हिंसात्मक बनाएर भाग्दीन भन्दै एकाएक भागेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले...
-
अपमान गरेको भन्दै उर्जा सचिव आचार्यलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टिकरण माग
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । गत चैत...
-
आजदेखि अन्तर्राष्ट्रिय यातायात सम्मेलन, यातायात सुधारका उपाय खोजिने
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुनेभएको छ । सम्मेलन चैत २९...
-
दुर्गाा प्रसाईँ पक्राउ चर्चा: प्रहरीले भन्यो- पक्राउ परेका छैनन्
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले...
-
आईपीएल: दिल्लीको चौथो जित, राहुलको उत्कृष्ट प्रदर्शन
काठमाडौं । दिल्ली क्यापिटलले कम ब्याक गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई ६ विकेटले...
-
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रवार
मेष: परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष...
-
सरकार र शिक्षकहरुको वार्ता निष्कर्ष शुक्रबार सार्वजनिक गरिने
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बिहिबार वार्ता भएको छ । शिक्षा मन्त्रालयमा साँझ सकिएको वार्तामा के सहमति भयो...