मुम्बईकै मैदानमा १० वर्षपछि बैंगलोरको रोमान्चक जित, आज दुई खेल हुँदै
काठमाडौं । मुम्बई इन्डियन्सलाई आफ्नै मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरल १२ रनले पराजित गरेको छ । बैंगलोरले १० वर्षपछि वांखडे स्टेडियममा मुम्बाई इन्डियन्स विरुद्ध जित हासिल जित हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४२ बलमा ६७ रन बनाउँदा कप्तान रजत पाटिदारले ३२ बलमा ६४ रन बनाए ।
त्यस्तै देवदत पाडीकलले ३७ रन बनाउँदा जितेश शर्माले १९ बलमा ४० रनको विष्फोटक इनिङ खेलेका थिए । मुम्बईका लागि हार्दिक पाण्ड्या र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदा भिगनेश पुथुरले १ विकेट लिएका थिए। लामो समयपछि टिममा फर्किएका जसप्रित बुमराह भने विकेटविहीन रहे ।
२ सय २२ रनको उच्च लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा २ सय ९ रनमा समेटियो। मुम्बईले औषत सुरुवात गरेपनि तिलक वर्मा र हार्दिक पाण्ड्याले विष्फोटक इनिङ खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए । वर्मा १८ औं र पाण्ड्या १९ औं ओभरमा आउट भएपछि मुम्बई ब्याक फुटमा धकेलिएको थियो ।
तिलक २९ बलमा ५६ रन बनाएर आउट हुँदा कप्तान पाण्ड्याले १५ बलमा ४२ रनको सानदार इनिङ खेलर आउट भए । अन्तिम ओभरमा क्रुनाल पाण्ड्याले ३ विकेट लिँदा संभावित जितको अवसरबाट मुम्बइ चुकेको थियो । उसका लागि थप दोहोरो स्कोरका रुपमा सुर्यकुमार यादवले २६ बलमा २८ रन बनाए भने विल ज्याक २२ रन बनाएर आउट भए। त्यस्तै ओपनरहरु रोहित शर्मा र रियल रिकेल्टन १७–१७ रनमा आउट भए ।
बैंगलोरका लागि क्रुनाल पाण्ड्याले ४ विकेट लिँदा जोस ह्याजलवुड र यश दयालले २–२ विकेट हात पारेका थिए। अर्को एक विकेट भुवनेश्वर कुमारका नाममा रह्यो। जित पछि बैंगलोर ४ खेलबाट ३ जित सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित मुम्बइ पाँच खेलबाट १ जित सहित आठौं स्थानमा छ ।
प्रतियोगितामा आज डबल हेडरअन्तर्गत पहिलो खेलमा कोलकाता नाइटराइडर्स र लखनउ सुपर जायन्ट्स भिड्दा अर्को खेलमा पञ्जाब र चेन्नइ भिड्दै छन् ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...












