ताजा समाचार

सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, एकैदिन ५७ सयले वृद्धि

काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज झनै आकाशीएको छ ।

आज बिहीबार सुनको मूल्य ५ हजार ७ सय रुपैयाँ बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको हो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा सामान्य वृद्धी भएको छ । आज चाँदी ६५ रुपैयाँले बढ्दै कारोबार मूल्य १९०० रुपैयाँ पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरैले बढेर प्रतिऔंस ३१०० डलर नाघेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org