के पूर्वराष्ट्रपति ओबामाले आफ्नी पत्नीसँग डिभोर्स गर्दै छन् ?
काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी ९ मा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टि कार्यक्रममा बाराक ओबामा एक्लै सहभागी भए । सो कार्यक्रममा उनकी पत्नी मिशेल ओबामा सहभागी थिइनन् ।
जनवरी २० मा ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पदको शपथग्रहण समारोह भएको थियो । उक्त कार्यक्रममा मिशेल ओबामा सहभागी भइनन् । उक्त कार्यक्रममा पनि बाराक ओबामा एक्लै देखिए ।
यस्ता अन्य धेरै प्रमुख कार्यक्रमहरूमा पनि मिशेल आफ्नो पतिका साथ देखिइनन् । यी घटनाले उनीहरू छुट्टिन लागेको हुनसक्ने अनुमानहरूलाई बढावा दिन थाल्यो । त्यसपछि बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन् भन्ने हल्ला चलेको थियो ।
तर, हालै अमेरिकी मिशेलले बाराक ओबामासँगको सम्बन्धमा फाटो आएको भन्ने अफवाहहरूप्रति आपत्ति जनाएकी छन् ।
अमेरिकी अभिनेत्री सोफिया बुशको पोडकास्ट वर्क इन प्रोग्रेसमा बोल्दै मिशेलले भनिन्, “अहिले म परिपक्क महिला हुँ । म आफ्नो समयतालिका आफैँ निर्धारण गर्नसक्छु । मानिसहरूले मलाई आफू निर्णय गर्न नसक्ने मान्छेको रूपमा चित्रण गरेका छन् । म र मेरो श्रीमान् छुट्टिँदैछौँ भन्ने हल्ला चलाए ।”
तर, उनले गर्नुपर्ने जिम्मेवारीहरू पूरा नगरेकोमा भने आफूलाई पश्चाताप लागेको उनले बताइन् ।
“एक महिलाको हिसाबले हामी प्रायः अरूलाई निराश पार्न खोज्दैनौँ,” उनले भनिन्, “यो वर्ष त मानिसहरूले आफैँ निर्णय लिनसक्छु भन्ने तथ्यलाई नै विश्वास गर्न सकेनन् । उनीहरूले हामी छुट्टिएको अनुमान मात्र लगाए । के यो एउटी परिपक्व महिला आफ्नो लागि आफैँ निर्णय गर्न सक्दिन भन्ने समाजको मान्यता हो ?”
पोडकास्टमा उनले आफ्नो लागि जे ठिक लाग्छ त्यही निर्णय आफूले गरेको उनले बताएकी छन् । अरूले के चाहन्छन् भन्ने कुराको पछि नलागेको उनले प्रष्ट पारेकी छन् ।
डोनाल्ड ट्रम्पको शपथग्रहणमा उनको अनुपस्थितिलाई अमेरिकामा परम्परागत अभ्यासको उल्लंघन मानिएको थियो । यसअघि सबै पूर्वराष्ट्रपति र प्रथम महिला कार्यक्रममा उपस्थित हुनेगर्थे ।
ओबामा दम्पतिले गत अक्टोबरमा आफ्नो ३२औँ विवाह वार्षिकोत्सव मनाएका थिए । यसै प्रसंगमा मिशेलले आफ्नो आत्मकथामा श्रीमानको राजनीतिक महत्वाकांक्षा र ह्वाइट हाउसको व्यस्तताले उनीहरूको दाम्पत्य जीवनमा ल्याएको चुनौती पनि उल्लेख गरेकी छन् । बीबीसी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











