ताजा समाचार

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थित गराएर म्याद थप्ने प्रहरीको तयारी

काठमाडौं । भारतबाट नियन्त्रणमा लिएर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइएको हो । अहिले प्रसाईलाई जिल्ला प्रहरी परिसर लगिएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका हुन्।

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी प्रहरीले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org