अग्नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चमै रन्थनियो, के गर्लान् प्रधानन्यायाधीश राउत ?
काठमाडाैं । पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको पेशी चढेपनि सुनुवाई नहुने रोग पुरानै हो ।
चैत्र २७ गते पेसी चढेको मुद्दामा संवैधानिक इजलास बस्न सकेन् । अब यो मुद्दाको सुनुवाई २०८२ वैशाख १० गतेमात्रै हुने भएको छ ।
तत्कालीन प्रधानन्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठले निर्णय सुनाउने अर्थात निसुमा राख्दै अन्तिममा अन्य आदेश गरेर छाडिएका थिए । २०६८ मंसिर ०७ गते सर्वोच्चमा पहिलो पटक पेशी चढेको यो मुद्दा हेर्न नभ्याइने सूचीमा पर्नेदेखि निसु नै नहुने शक्तिशाली मुद्दा बन्न पुगेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्चमा १० वर्ष पुराना मुद्दा अब बाँकी नरहने भन्दै पटक-पटक गरेको प्रतिबद्धताको म्याद सकिने समय नजिकिदैछ ।
१४ वर्ष पुरानो शक्तिशाली मुद्दामा सर्वोच्चले निसुमा पुगेर गर्ने गरेको चलखेललाई धेरैले शंकाको नजरले हेर्ने गरेका छन् । सभामुखसम्म भएका सापकोटाविरुद्ध पुर्णिमाया लामाले दायर गरेको यो मुद्दा के प्रकाशमान सिंह राउतले भनेजस्तै २०८२ असार भित्र फैसलाको चरणमा पुग्ला ? शंका देखिन्छ ।
विश्वम्भरको पालामा निसुमा पुगेपनि अन्य आदेश भन्दै शुरुको चरणमा धकेलिदिएपछि यो मुद्दामाथि फेरि प्रारम्भदेखि नै सुनुवाई हुनुपर्ने कानूनी बाध्यता छ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले गर्ने हुनाले पनि प्रधानन्यायाधीश अनिवार्य हुन्छ । तर, सर्वोच्चको नेतृत्वले नै मुद्दाको प्राथमिकतालाई केन्द्रमा नराख्दा संकट पैदा हुन लागेको बताइन्छ ।
सापकोटाविरुद्धको मुद्दा रामकुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, खिलराज रेग्मी, सुशीला कार्की, गोपाल पराजुली, चोलेन्द्र शम्शेर ज.ब.रा., कामू दीपककुमार कार्की, हरिकृष्ण कार्की , विश्वम्भरप्रसाद श्रेष्ठ र अहिले प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनुन्जेलसम्म यो मुद्दा पेशी चढ्ने गरेको छ । तर, फैसलाको चरणमा भने पुग्नै सकेको देखिन्न ।
विवादास्पद छवि बनाएर भ्रष्टाचार गरेको आरोप खेपेका चोलेन्द्रको पालामा समेत मुद्दा पेशी चढ्ने र हे्न नभ्याइनेमा पर्नेमा रोचक जुहारी नै चल्यो । मुद्दा हेरेपछि चोलेन्द्र नेतृत्वको बेञ्चले अन्य आदेश समेत गरेको देखिन्छ । तर निर्णायक भने कहिल्यै हुन सकेन् ।
सापकोटाविरुद्धको मुद्दा अब वैशाख १० गते पेशी तोकिएको छ । तर, के मुद्दाको सुनुवाई नियमित प्रक्रियामा जाला ? चासो भने बढेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












