आइतबार मध्यान्ह १२ बजेसम्म वीरगञ्जमा लगाइयो कर्फ्यु
जनकपुरधाम । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर सोभित्र कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो ।
शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन् । झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन् । सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Comments
अरु समाचार
-
शिक्षक महासंघ र सरकार बिच आजै वार्ता, आकस्मिक आन्तरिक छलफलमा महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सक्रिय राजनीतिका लागि विद्यादेवीको दाैडधुप बाक्लियो, हेटाैडा जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भएको छ । देशका विभिन्न क्षेत्रमा राजनीतिक दाैडधुप बढाएकी...
-
नेपाल-भारत सीमामा थप सतर्कता, आवातजावतमा कडाइ
सुनसरी । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । खुला सीमाका कारण...