६ महिला सुरक्षित रूपमा अन्तरिक्षबाट पृथ्वी फर्किए
पप गायिका केटी पेरीसहित सबै ६ जना महिला लगभग ११ मिनेट लामो अन्तरिक्ष यात्रापछि सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । पप गायिका केटी पेरीसहितको टोली गीत गाउँदै अन्तरिक्षमा पुगेको बीबीसीले उल्लेख गरेको छ ।विभिन्न क्षेत्रका ६ जना महिलाको समूह बोकेको यानले प्रतिघण्टा २ हजार ३ सय माइलको अधिकतम गतिमा यात्रा गरेको छ ।
यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो । यस टोलीमा पप गायिकासहित समूहको नेतृत्व गर्ने लरेन सान्चेज, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन हुनुहुन्थ्यो ।
६ जना महिलाको टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ’न्यू शेपर्ड रकेट’ मार्फत अन्तरिक्षमा पठाएको हो । सन् १९६३ पछि पहिलो पटक सबै महिलामात्र सहभागी टोलीले अन्तरिक्ष यात्रा गरेको हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले अन्तरिक्ष यात्रा गर्नुभएको थियो ।
महिलाको टोलीले पृथ्वी र अन्तरिक्ष बीचको काल्पनिक सीमा अर्थात कर्मन रेखा पार गरेका छन् जुन पृथ्वीको वायुमण्डलबाट धेरै टाढा छ । महिलाहरुले न्यू शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको पूर्ण रूपमा स्वचालित न्यू शेपर्ड रकेटमा यात्रा गरेका हुन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












