आईपीएल: सुपर ओभरमा दिल्लीले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। योसँगै छैटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो ।
राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रबार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...