सरकार सञ्चालनमा समस्या नभएको उच्चस्तरीय संयन्त्रको ठहर
काठमाण्डौ । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या नभएको दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दपूर्ण र सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो ।
सरकारको कार्यशैली र गठबन्धनको विषयमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट टुङ्गो लगाउने समझदारी भएको छ । सत्तारुढ दलकै नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो ।
गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन
काठमाडाैं । सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत...
-
अनशनरत रुबी खानले २३औँ दिनमा तोडिन् अनशन, सरकारसँग पाँचबुँदे सहमति
बुटवल । अनशनरत रुबी खानले २३औँ दिनमा अनशन ताेडेकी छन् । बुधबार सरकारसँग पाँचबुँदे सहमति भएपछि अनसन ताेडेकी हुन् ।...
-
मुस्ताङमा पहिलो पटक एआई ड्रोनमार्फत वन गस्ती सुरु
काठमाडौं । मुस्ताङमा पहिलो पटक एआई प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र...
-
१ हजार १८१ जनाले लिए हिमाल आरोहणको अनुमति
काठमाण्डाै । यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका...
-
नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार सवा तीन अर्ब नाघ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार...
-
मनोज श्रीमानको अनुमोदनमा रोचकता, एकैदिनमा सबै काम फत्तेः शंका र प्रश्न अनित्तरित !
काठमाडाैं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।...
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने...












