शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी किन परे छानबिनमा ?
काठमाडौं । सिरिया शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी छानबिनमा परेका छन् । उनीहरु संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएका थिए । गत चैत २१ गते सिरियाबाट फर्किएका १ सय ९७ शान्ति सैनिकमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएकेा छ।
सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको जनाइएकाे छ ।
सिरियास्थित यूएनडीओएफ मिसनमा खटिएका मध्ये चैत २१ गते १९७ जना शान्ति सैनिक मिसन कमान्डर प्रमुख सेनानाी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएका थिए । बाँकी शान्ति सैनिक बुधबार आएका छन्।
जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।
सैनिक प्रहरी गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’
सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












