शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी किन परे छानबिनमा ?
काठमाडौं । सिरिया शान्ति मिसनबाट फर्किएका सैनिक अधिकारी छानबिनमा परेका छन् । उनीहरु संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएका थिए । गत चैत २१ गते सिरियाबाट फर्किएका १ सय ९७ शान्ति सैनिकमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएकेा छ।
सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको जनाइएकाे छ ।
सिरियास्थित यूएनडीओएफ मिसनमा खटिएका मध्ये चैत २१ गते १९७ जना शान्ति सैनिक मिसन कमान्डर प्रमुख सेनानाी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएका थिए । बाँकी शान्ति सैनिक बुधबार आएका छन्।
जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।
सैनिक प्रहरी गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’
सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












