पार्टी फुटाएर जानेहरू अघाएर झरेका किर्ना हुन् : प्रधानमन्त्री ओली
चितवन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरेका छन् । नेकपा एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैं पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे ।
‘पाउनेले नै पार्टीभित्र असन्तुष्टि जनाएको पाउँछु, केही अगाडि पार्टीभित्र यस्तै अघाएका मान्छेहरू नै पार्टी फुटाएर गए,’ अध्यक्ष ओलीले भने, ‘मैंले तिनलाई अघाएका किर्नाहरू भन्ने गरेको छु, जो अघाएपछि झरे ।’ उनले गत संसदीय निर्वाचनमा एमालेका विरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर पार्टी सक्काउन खोजेको तर अब परिस्थिति त्यस्तो नहुने बताए ।
‘हामी माथि अघिल्लो चुनावमा चौतर्फी हमला भयो, सिध्याउँछौ भनेर लागे, २/२ पटक पार्टी फुटाएर गए । तर हामी सकिएनौं, जनताले हाम्रो पार्टी सकिन दिएनन्, कार्यकर्ताले बचाए, हामीले ७९/८० सिट आयो,’ एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई भने ‘अब त हारिन्छ होला भन्ने मानसिकता नलिनु उच्च मनोबलका साथ लाग्नु, विकास र समृद्धिको नेतृत्व मैंले गरेको छु ।’
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले चलाएका जरा अभियानलाई प्रभावकारी बनाएर जनताको घरघरमा जान ओलीले आग्रह गरे । उनले पार्टीका विरोधी शक्ति पर्याप्त भएकोले पार्टीभित्र नै एकले अर्कोलाई विरोध गर्न जरुरी नहुने बताए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











