पार्टी फुटाएर जानेहरू अघाएर झरेका किर्ना हुन् : प्रधानमन्त्री ओली
चितवन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरेका छन् । नेकपा एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैं पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे ।
‘पाउनेले नै पार्टीभित्र असन्तुष्टि जनाएको पाउँछु, केही अगाडि पार्टीभित्र यस्तै अघाएका मान्छेहरू नै पार्टी फुटाएर गए,’ अध्यक्ष ओलीले भने, ‘मैंले तिनलाई अघाएका किर्नाहरू भन्ने गरेको छु, जो अघाएपछि झरे ।’ उनले गत संसदीय निर्वाचनमा एमालेका विरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर पार्टी सक्काउन खोजेको तर अब परिस्थिति त्यस्तो नहुने बताए ।
‘हामी माथि अघिल्लो चुनावमा चौतर्फी हमला भयो, सिध्याउँछौ भनेर लागे, २/२ पटक पार्टी फुटाएर गए । तर हामी सकिएनौं, जनताले हाम्रो पार्टी सकिन दिएनन्, कार्यकर्ताले बचाए, हामीले ७९/८० सिट आयो,’ एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई भने ‘अब त हारिन्छ होला भन्ने मानसिकता नलिनु उच्च मनोबलका साथ लाग्नु, विकास र समृद्धिको नेतृत्व मैंले गरेको छु ।’
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले चलाएका जरा अभियानलाई प्रभावकारी बनाएर जनताको घरघरमा जान ओलीले आग्रह गरे । उनले पार्टीका विरोधी शक्ति पर्याप्त भएकोले पार्टीभित्र नै एकले अर्कोलाई विरोध गर्न जरुरी नहुने बताए ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












