वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस भएको छ ।
आज शनिवार आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटअन्तर्गत अफगानिस्तनविरूद्धको निर्णायक खेल वर्षाका कारणले स्थगित भएपछि रनरेटका आधारमा नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा छनोट भएको ।
शनिबार बिहानसम्म भएको वर्षाका कारण मैदानको पूर्वपट्टिको भागमा पानी जमेको थियो। बिहान टसमा ढिलाए भएपछि ग्राउन्ड स्टाफले मैदानबाट पानी सुकाउन हरसम्भव प्रयास गरेका थिए।
एक बजेपछि मैदानमा घाम लागे पनि दुई बजेसम्म पनि खेल हुन सम्भव भएन। दिउँसो दुई बजेको अन्तिम निरीक्षणपछि म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरे। खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडे।
लिग चरणमा नेपाल र अफगानिस्तान दुवैले सुरूवाती तीन तीन खेलमा जित निकालेका थिए। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।
प्रतियोगितामा अफगानिस्तानको रनरेट ४.८१७० रहँदा नेपालको ३.५७६४ थियो । एसिया छनोटबाट एक टोलीमात्र विश्वकपमा पुग्ने व्यवस्था छ।
Comments
अरु समाचार
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...
-
कांग्रेस आधिकारिकता विवाद : देउवा समूहको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
चुनावअघि नै रवि प्रधानमन्त्री हुने चलखेल, सुशीला कार्कीलाई हटाइने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विभिन्न मुद्धाहरु फिर्ता भएसँगै प्रधानमन्त्री बन्ने सुरमा लागेको बुझिएको छ...
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे...
-
गायक प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...











