काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी
सल्यान । सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ । अत्यधिक विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ । उपभोगका लागि अयोग्य रहेको भन्दै कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको हो ।
प्रयोगशालाका नायब प्राविधिक धनसिंह धामीले सल्यानबाट ल्याइएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी पाइएको बताउनुभयो । उहाँका अनुसार सामान्यतया तरकारीमा कार्बामेट वा अर्गानोफस्फेट समूहको विषादी ३५ प्रतिशतभन्दा कम भए मात्र खानयोग्य मानिन्छ । विषादीको ३५/४५ प्रतिशतबिचको मात्रामा केही दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकिन्छ तर ४५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई विसर्जन गर्नुपर्ने प्राविधिक मापदण्ड छ ।
कपुरकोट गाउँपालिका–६, छायानाथ लिउरेखोला क्षेत्रका किसानबाट उत्पादन गरिएको काउली व्यापारी प्रबल शाहीमार्फत सुर्खेतका व्यापारी रतन महतरालाई पठाइएको थियो । उक्त काउली वीरेन्द्रगरस्थित तरकारी मन्डीमा बेच्न राखिएको थियो । परीक्षणमा अत्यधिक मात्रा विषादी देखिएपछि सोमबार नै नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । सोही दिन परीक्षण गरिएको फर्सी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनियाँ, केरा र तितेकरेलालगायतका तरकारी तथा फलफूल भने उपभोग गर्नयोग्य भेटिएको प्रयोगशालाले जनाएको छ ।
यसैबिच कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जिल्लामा विषादी परीक्षण प्रयोगशाला नहुनु ठुलो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानलाई विषादी प्रयोग नगर्न आग्रह गर्दै आएका छौँ तर प्रयोगशाला नहुँदा तरकारी खानयोग्य छ कि छैन भनेर सुनिश्चित गर्न सकिएको छैन । प्रदेश सरकारले स्थानीय तहमा प्रयोगशाला सञ्चालनमा ल्याइदिएको भए परीक्षण गरेर मात्रै तरकारी पठाउन सकिन्थ्यो ।”
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











