ताजा समाचार

स्वदेश फर्किदै देउवा दम्पत्ति

काठमाडाैं । स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदैछन् ।

सरकार फेरिने हल्लाकाबीच थाइल्याण्डबाट फर्किन लागेका देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा आज १२ बजे आइपुग्ने बताइएको छ ।

यगि बैशाख ७ गते थाइल्याण्ड गएका देउवा दम्पत्ति १२ बजे स्वदेश फर्किने कांग्रेस केन्द्री कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन् ।

देउवा नेपाल फर्किएपछि प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकार फेर्ने विषयमा छलफल गर्ने भनिरहेका छन् । उसोतः कांग्रेसमा इतर पक्षका नेताहरुले यस्तो चर्चा गर्ने गरेपनि देउवाले ओली नेतृत्वको सरकार नै चल्ने भन्ने गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org