ताजा समाचार

एकतर्फी अमेरिकी कर रद्द गरेर मात्रै वार्ता हुने

काठमाडौं । चीनले अमेरिकालाई एकतर्फी रूपमा लगाएको सबै भन्सार शुल्क रद्द गरेर मात्रै वार्ता हुनसक्ने बताएको छ ।

अमेरिका वार्ता गर्न चाहन्छ भने पहिले उसले लगाएका सबै भन्सार रद्द गर्नुपर्ने चीनको भनाइ छ । दुई महाशक्ति राष्ट्रहरूबीचको व्यापार युद्धमा चीनले अहिलेसम्मकै कडा प्रतिक्रिया दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एकतर्फी भन्सारको शुरूवात अमेरिकाले गरेको र यसको अन्त्यका लागि उसैले पहल गर्नुपर्ने चीनको भनाइ छ । भन्सार रद्द नगरेसम्म वार्ता नहुने चीनले अडान राखेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार संकट समाधानबारे चीनसँग लगातार संवाद भइरहेको भन्दै आए पनि बेइजिङले त्यसलाई खण्डन गरेको छ । ट्रम्पले एकतर्फी भन्सार लगाएर दबाब दिन खोजे पनि आत्मसमर्पण नगर्ने चीनको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org