ताजा समाचार

जनमत र नाउपा १७ गतेबाट एउटै हुने

काठमाडौं । मधेशवादी राजनीतिक दलहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेको बुझिएको छ ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आगामी बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य, भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।

घोषणाको अघिल्लो दिन मंगलबार बेलुका ६ बजे जनमतले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org