इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना घाइते भएको जनाइएको छ ।
दक्षिणी सहर बन्दर अब्बास नजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह शहिद राजाईमा शनिबार विस्फोट भएको हो । जसका कारण यसले नजिकैका भवनका झ्याल र छाना उडाएको छ भने नजिक राखिएका कारहरू ध्वस्त पारेको छ ।
स्थानिय बासिन्दाहरूले विस्फोटको प्रभाव ५० किलोमिटर अर्थात ३१ माइल टाढासम्म महसुस गरेको बताएका छन् । पूरै गोदाम धुवाँ, धूलो र खरानीले भरिएको थियो। मलाई याद छैन कि म टेबुलमुनि आफैँ गएको थिएँ वा विस्फोटले त्यहाँ फ्याँकिएको थिएँ,’ उक्त क्षेत्रमा रहेका एक व्यक्तिले सरकारी टिभीलाई भने।
एरियल फुटेजमा कम्तिमा तीनवटा क्षेत्रमा आगो लागेको देखिएको छ र इरानका आन्तरिक मन्त्रीले पछि आगो एक कन्टेनरबाट अर्कोमा फैलिएको पुष्टि गरेका छन् । यस क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबारका लागि बन्द गर्न आदेश दिइएको छ।
एउटा निजी सामुद्रिक जोखिम फर्मले प्रभावित कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलका लागि ठोस इन्धन रहेको विश्वास गरेको बताएको छ। यो आगो इरानी ब्यालिस्टिक मिसाइलहरूमा प्रयोगको लागि ठोस इन्धनको ढुवानीको अनुचित ह्यान्डलिङको परिणाम भएको जनाइएको छ।
एम्ब्रेका अनुसार इरानको गत मार्चमा ध्वजावाहक जहाजले यस बन्दरगाहमा सोडियम पर्क्लोरेट रकेट इन्धनको ढुवानी गरेको थियो । फाइनान्सियल टाइम्स अखबारले पनि यसअघि दुईवटा जहाजले चीनबाट इरानमा इन्धन पठाएको रिपोर्ट गरेको थियो। सायदै, सोही बिष्फोट भएको हुन सक्ने अनुमान अहिले गरिएका छन् । तर, यद्यपि पुष्टि भएका छैनन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












