ताजा समाचार

कसरी अशान्त भयो आज बानेश्वरमा शिक्षकहरुको आन्दोलन ?

काठमाडौं । शिक्षा ऐनको माग सहित चैत २० गतेबाट काठमाडौंको बानेश्वरमा जारि रहेको शिक्षक आन्दोलन आज अशान्त बनेको छ । सदा झैँ आज पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किएका थिए ।

सधै शान्तीपूर्ण रुपमा माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैको सडकमा कोणसभा गर्दै आफ्ना माग राख्ने शिक्षकहरुको आन्दोलन आज एकाएक आक्रामक देखिए ।

गत चैत महिनमा काठमाडौंमा राजावादीहरुको सक्रियतालाई लिएर काठमाडौंका विभिन्न स्थानहरुमा निषेधित क्षेत्र तोकिएको छ । आज शिक्षक आन्दोलनकर्ताहरुले बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भएको हो ।

झडपका क्रममा प्रहरीले आन्दोलनकर्ता माथि लाठी र पानीको फोहोर प्रहार गरेको थियो प्रहा र गरेका थियो भने, आन्दोलनरत शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए ।आज प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते भएको बुझिएको छ ।

नियमित रुपमा शान्तपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित देखिएका थिए । सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजेका थिए । नाराबाजी गर्दै ब्यारिकेट फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, जस्ता नारा लगाउँदै थिए । सयौँको सङ्ख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थाले । प्रहरी रोक्न खोज्ने, शिक्षकहरूले ब्यारिकेट हटाउने प्रयास गरिरहे ।

एकछिनको घम्साघम्सीपछि शिक्षकहरूले उक्त ब्यारिकेट हटाउन सफल भए । उनीहरूले ब्यारिकेट हटाएपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । पानीको फोहोरा प्रहार गर्दै प्रहरीले लाठी समेत प्रहार गर्न थाल्यो । त्यसपछि आन्दोलनकारी शिक्षकहरूले समेत प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले ।

प्रहरीको लाठी र पानीको फोहोरा लागेर एक दर्जन बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको छ ।

आन्दोलन उग्र बनेपछि घुसपैठ गरेको भन्दै आफ्नै साथीहरूलाई समेत नियन्त्रणमा लिएका छन् । घुसपैठ गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन् । महासङ्घका महासचिव थापाले घुसपैठ गरेको आन्दोलनरत शिक्षकहरूलाई नियन्त्रणमा लिने काम भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन् ।

माइकिङ गर्दै उनले घुसपैठ गरेको भन्दै शिक्षकहरूलाई नै नियन्त्रणमा लिने काम भएको भन्दै उनीहरूले परिचयपत्र हेरेर छाड्न भनेका हुन् । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित भएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org