ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् ।
प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई कमाएका गगनलाई प्रधानमन्त्री ओलीले प्रमाणित गर्न सार्वजनिक चुनाैति दिएपछि गगन चुप लागेका छन् ।
कांग्रेसमा कहिले कता त, कहिले कता गुट फेरेर पदीय स्वाद लिदै आएका गगनले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासँग निकटता बढाउने प्रयास गरिरहेका छन् । देउवासँग निकटता बढाएर सभापति हत्याउने ठानेका गगनले आफूलाई सुपेरियर ठान्दा विचाैलिया प्रकरण भारी पर्न गएको हो ।
कांग्रेस सभापति देउवाले नै गगनले धेरै बोलेर आफैलाई हानी गर्ने गरेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । कम बोल्नेले काम फत्ते गर्ने, धेरै बोल्नेले आफैलाई हानी पुर्याउने भनेका देउवाले पछिल्लो समय गगनको भूमिकालाई निगरानीमा राखेको स्रोतको दाबी छ ।
उसोतः आफैलाई प्राथमिकतामा राख्ने गगनले प्रधानमन्त्रीमाथि लगाएको गम्भीर आरोपबारे बालुवाटारमा भएको ओली देउवाको छलफलको क्रममा समेत बहस भएको स्रोतको दाबी छ । त्यो क्रममा देउवाले सार्वजनिक रुपमा आरोप पुष्टी गर्नुपर्ने र सोहिअनुसार गर्नुपर्ने भनेको दाबी गरिएको छ।
विचाैलिया प्रकरणसंगै सरकार अब लामो समय नचल्ने हल्ला चलाएर आफ्ना मान्छेलाई सरकारी नियुक्ति दिलाउने तयारीमा जुटेका गगनलाई देउवाले समेत माथ खुवाइदिएपछि अब गगनले के गर्लान भन्ने चासो समेत कांग्रेस भित्रै बढेको छ ।
गुट फेर्ने, बोली फेर्ने र स्वार्थ लिन माहिर गगनको चरित्र उदाङ्गो बन्दै गएको स्थितिमा के प्रधानमन्त्री ओलीले प्रमाणित गर्न दिएको चुनाैतिको सामना गर्न सक्लान ? सामान्य कर्मचारी नियुक्तिका लागि हदैसम्म गिर्न थालेका गगनलाई अब देउवाले साथ दिने वातावरण बन्ला ? यस्तै प्रश्नको विवेचना चिया चाैतारीमा समेत हुने गरेको छ । तर, गगन पछिल्लो समय अन्टसन्ट बोल्दाको परिणामपछि माैन देखिन थालेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











