शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले गत बिहीबार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग तीन दिनभित्र सम्बोधन गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन भनेको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार सर्वोच्चलाई फर्काएको जवाफमा शिक्षकका मागका बारेमा अहिलेसम्म भएको संवाद, शिक्षा विधेयकबारे संसदीय समितिमा चलिरहेको प्रक्रिया, शिक्षकका माग सम्बोधन गर्नेबारे भइरहेको पछिल्लो अवस्था समावेश छन् ।
नयाँ शिक्षा विधेयकको माग राखेर नेपाल शिक्षक महासंघले २७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षामन्त्रालय सम्हालेको भोलिपल्टै शनिबार शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । वार्ताका लागि शिक्षा मन्त्रालयका शिक्षामन्त्री पन्तलाई कुराएर शिक्षकहरू भने वार्तामा गएनन् ।
त्यसयता सरकार र आन्दोलनरत शिक्षकहरू बीच संवाद हुन सकेको छैन । सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै शिक्षकहरूले आइतबार बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झपमा परी ६२ जना शिक्षक घाइते भएको महासंघले दाबी गरेको छ ।
२० चैतदेखि महासंघ नेतृत्वमा शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । शिक्षक आन्दोलनका कारण एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षा समेत प्रभावित भएको छ ।
यस्तै भर्ना अभियान समेत प्रभावित बनेको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












