प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, मन्त्री पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुनेछ ।
Comments
अरु समाचार
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...
-
स्थगित भएको आईपीएल आजदेखि, क्रिकेटप्रेमी खुसी
काठमाण्डौ । स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) पुनः सुरु हुने भएपछि क्रिकेटप्रमीहरु उत्साहित भएका छन् । भारत–पाकिस्तानबीचको तनावका कारण...