राष्ट्रपतिले वैशाख १९ मा प्रतिनिधि र राष्ट्रियसभामा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही वैशाख १९ गते दुवै सदनको बैठकलाई सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने बताए ।
बैठकले मन्त्री, सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेका उनले बताए । बैठकमा शिक्षक आन्दोलनको विषयमा समान्य छलफल भएको उनको भनाइ छ । उनले शिक्षकहरुको मागको विषयमा निरन्तर छलफल भइरहेको भन्दै आगामी बुधबारसम्म समस्या समाधान हुने बताए ।
Comments
अरु समाचार
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार...












