सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ।
यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर उडानले पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, स्थानीय व्यापार व्यवसाय तथा पर्यटन गतिविधिमा पर्ने नकारात्मक असरलाई रोक्न गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।
तथापि हेलिकप्टर कम्पनीहरुले नियमको बेवास्ता गरेको भन्दै गाउँपालिकाले पुन सुचना जारी गर्दै आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाद्वारा जारी सूचनामा स्थानीय नागरिकहरूको चासोलाई सम्बोधन गर्दै उद्धार, कार्गो तथा सीमित पर्यटकीय उडानबाहेकका सबै व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ।
गाउँपालिकाले सूचनाको अवज्ञा गर्दै व्यावसायिक हेलिकप्टर उडान गर्ने हेलिकप्टर कम्पनी, ट्रेकिङ व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटकहरू स्वयं जिम्मेवार हुने चेतावनी दिएको छ । साथै प्याकेजमार्फत व्यावसायिक उडानको खरिद–बिक्री नगर्न र कुनै किसिमको संशोधन वा परिवर्तन भएको भन्ने गलत सूचनामा विश्वास नगर्न समेत सबै सरोकारवालासँग अनुरोध गरिएको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











