सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा पुनः प्रतिबन्ध
काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः प्रतिबन्ध लगाएको छ।
यस क्षेत्रभित्र हुने व्यावसायिक हेलिकप्टर उडानले पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, स्थानीय व्यापार व्यवसाय तथा पर्यटन गतिविधिमा पर्ने नकारात्मक असरलाई रोक्न गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो।
तथापि हेलिकप्टर कम्पनीहरुले नियमको बेवास्ता गरेको भन्दै गाउँपालिकाले पुन सुचना जारी गर्दै आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाद्वारा जारी सूचनामा स्थानीय नागरिकहरूको चासोलाई सम्बोधन गर्दै उद्धार, कार्गो तथा सीमित पर्यटकीय उडानबाहेकका सबै व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ।
गाउँपालिकाले सूचनाको अवज्ञा गर्दै व्यावसायिक हेलिकप्टर उडान गर्ने हेलिकप्टर कम्पनी, ट्रेकिङ व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटकहरू स्वयं जिम्मेवार हुने चेतावनी दिएको छ । साथै प्याकेजमार्फत व्यावसायिक उडानको खरिद–बिक्री नगर्न र कुनै किसिमको संशोधन वा परिवर्तन भएको भन्ने गलत सूचनामा विश्वास नगर्न समेत सबै सरोकारवालासँग अनुरोध गरिएको छ ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












