ट्रम्पको प्रस्ताव पुटिनद्धारा अस्विकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ ।
रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ ।
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेलगायत प्रस्ताव गरेको थियो ।
ट्रम्पको प्रस्तावमा प्रत्यक्ष प्रतिक्रिया दिने लाभ्रोभ रुसको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । यो भनाइले रुसले शान्तिवार्ताका निम्ति कडा रूप अपनाएको संकेत दिएको बताइएको छ ।
रुसी प्रमुख कूटनीतिज्ञले रुसी सेनाले क्रिमियालगायत आंशिक रूपमा मात्र कब्जा गरेका डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रलाई रुसको भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने बताए ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा दोस्रो विश्वयुद्धको ८०औँ वार्षिक उत्सवको अवसरमा अर्को महिना ७२ घण्टे (मे ८ देखि ११)को अस्थायी युद्धविरामको प्रस्ताव राखेका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











