ताजा समाचार

आगामी बजेटमा संखुवासभाको विकासलाई समेट्न प्रधानमन्त्रीसहित मन्त्रीहरुको ध्यानाकर्षण

काठमाडौं । संखुवासभा जिल्लाका एमाले नेता तथा सामाजिक अगुवाहरुले जिल्लाको विकास निर्माणसँग सम्वन्धित विभिन्न विषयलाई आगामी बजेटमा प्राथमिकताका साथ समेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रम, वजेट निर्माणको पूर्वसन्ध्यामा किमाथांकालगायतका विषयमा प्रधानमन्त्री ओली र दुईजना मन्त्रीको संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण सम्बन्धी विषय सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईलाई संयुक्तरुपमा भेटेर संखुवासभा जिल्लाको विकास निर्माणसँग सम्वन्धित विविध विषयमाा ध्यानाकर्षण गराइएको गौतमले प्रष्ट पारेका छन् ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org